आस्था आर्टसको दोश्रो वार्षिक साधारणसभा चैत्र २३ मा हुने

२० चैत्र, काठमाडौँ ।
आस्था आर्टस एकेडेमीले आफ्नो दोश्रो वार्षिक साधारणसभा गर्ने भएको छ ।
चक्रपथमा रहेको आस्था आर्ट एकेडेमीको कार्यालयमा यहि चैत्र २३ गते शनिबार दोश्रो वार्षिक साधारणसभा गर्ने भएको हो ।
उक्त अवसरमा आस्था आर्टस एकेडेमीले नयाँ नेतृत्वको चयन तथा आगामी योजनामा केन्द्रित हुँदै दोश्रो वार्षिक साधारणसभा गरिने सचिव राजन श्रेष्ठले बताए ।
२०७३ सालमा स्थापना भएको आस्था आर्ट एकेडेमीले टेलिभिजन रियालिटी शो आई क्यान डान्सको पहिलो सिजन सफलता पुर्वक सम्पन्न गरि सकेको छ । नेपालकी प्रथम नायिका भुवन चन्दको प्रमुख संरक्षकत्वमा सञ्चालन गरिएको आस्था आर्ट एकेडेमीमा रमेश थापा संस्थापक अध्यक्षका रुपमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार