आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

रुबिसा र एलिशाले विश्व किर्तिमानीका लागि लगातार ४० घण्टा युगल डान्स गर्ने

काठमाडौँ ।
दिदी बहिनी रुबिसा श्रेष्ठ र एलिशा श्रेष्ठले गिनिज वल्र्ड रेकर्डका लागि लगातार ४० घण्टा युगल डान्स गर्ने भएका छन् ।
चैत्र ११ गते सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराइएको हो ।


ADVERTISEMENT

काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थायी बसोबास गर्दै आइरहेका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरिहरु दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य गर्दै गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेका छन् ।

कार्यक्रममा ९० घन्टा २ मिनेट लागातार बोलेर गिनिज बुकमा नाम लेखाउन सफल ब्यक्ती अनन्तराम केसि , समाजसेवी ब्यक्तित्वहरु, टाइम किपर ब्यवस्थापक हरिचन्द्र लामा र सरोज गुरुङ लगायत नृत्यमा सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

युगल नृत्यलाई सन्तोष लामाले संयोजन गर्ने भएका छन् । मोटिभेशनल ट्रेनर समेत रहेका लामाले यस भन्दा पहिले दुई वटा गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि कार्यक्रम सफलता पुर्वक सम्पन्न गरि सकेका छन् ।


युगल नृत्य जेठ ११ देखि हुने बताइएको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार