आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

जिपिको ‘छैटौँ वार्षिकोत्सव’ सम्पन्न (फोटोफिचर)

८ चैत्र, काठमाडौँ ।
चाबहिलमा रहेको जिपि कोइराला मेमोरियल (सामुदायिक) कलेजले आफ्नो छैटौँ वार्षिकोत्सव मनाएको छ ।


ADVERTISEMENT


चैत्र ७ गते बिहिबार कलेजको प्रांगणमा कार्यक्रमको आयोजना गर्दै स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नवौँ स्मृती दिवस तथा छैटौँ वार्षिकोत्सव मनाएको हो ।


संघीय प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा संघीय प्रतिनिधिसभा सदस्य गगन कुमार थापा, पूर्व मन्त्री शंकर कोइराला, प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, प्रदेशसभा सदस्य नरोत्तम बैद्य, नेतृ राधा घले, लायन्स क्लब इन्टरनेशनल (३२५ ए टु) का डिस्ट्रीक गभर्नर शुदर्शनधर प्रधानाङग, कलेज व्यबस्थापन टिम, प्रोफेसर, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खिला सापकोटाले कार्यक्रमको औचित्य बारे जानकारी गराँउदै छैटौँ वर्षसम्म आइपुग्दा जिपिमा २२ सय विद्यार्थी अध्ययनरत रहेको बताएका थिए । छिटै नै आफ्नै भवनमा कलेज सञ्चालन हुने आशावादी रहेको बताए । सात वटै प्रदेशमा जिपि कोइराला मेमोरियल (सामुदायिक) कलेज सञ्चालन गरिने, जिपिलाई नेपालकै पहिलो स्मार्ट कलेज बनाईनेछ । जसका लागि स्मार्ट शिक्षक, स्मार्ट विद्यार्थी, स्मार्ट व्यबस्थापक, स्मार्ट भवन हुने क्याम्पस प्रमुख सापकोटाले बताए ।


कार्यक्रममा जिपि कोइराला मेमोरियल (सामुदायिक) कलेज छात्रवृत्ति कोषमा सहयोग गर्ने १० जनालाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।


कार्यक्रमका सभापति, जिपि कोइराला मेमोरियल (सामुदायिक) कलेजका अध्यक्ष एवं संघीय प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधानले आफ्नो स्वागत मन्तब्य राख्दै कार्यक्रम बारे जानकारी एवं सम्पुर्णलाई स्वागत गरेका थिए ।


वार्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं संघीय प्रतिनिधिसभाका सभामुख महराले स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सम्झना व्यक्त गर्दै स्वर्गीय कोइरालाको नाममा स्थापित जिपि कोइराला मेमोरियल (सामुदायिक) कलेजको उत्तरोत्तर प्रगतीको कामना व्यक्त गरेका थिए ।


कार्यक्रमका उपसभापति एवं प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले औपचारिक कार्यक्रमको समापन मन्तब्य राख्दै कार्यक्रमका सहभागि हुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।


औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रम सुरु गरिएको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए भने कलाकार सुर्यमणि आचार्य र कल्पना अधिकारीले समेत आफ्नो प्रस्तुती दिएका थिए ।


कार्यक्रम बिहान ७ः३० बजेदेखी ११ बजेसम्म चलेको थियो ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार