आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

निब्सको ‘१३औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ९, मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) ले आफ्नो ‘१३औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


फागुन २४ गते शुक्रबार स्कुलको प्रांगणमा विशेष कार्यक्रम गर्दै ‘१३औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम’ सम्पन्न गरेको हो ।


राष्ट्रिय सभाकी उपाध्यक्ष माननीय शशिकला दाहालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटा, प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष खेमराज घिमिरे, नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष नारायणबाबु तिम्सिना, नेफका अध्यक्ष नारायण रोका, बुढानिलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटा, विभिन्न स्कुलका प्रिन्सिपल, विद्यालय टिम, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमकी प्रमुख अतिथि एवं राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल र कार्यक्रमकी सभापती रेनु महत्तोले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।


निब्समा अध्ययनर विद्यार्थीहरुको स्काउट टिमले आफ्नो प्रदर्शन सहित उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो ।


कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्ना अभिभावकको उपस्थितिमा विभिन्न गीतमा नृत्य, गायन, नाटक, कराँते प्रदर्शन, स्काउट प्रदर्शन गरेका थिए ।


यस वर्ष पनि निब्सले वार्षिकोत्सव तथा अभिभावक दिवसको उक्त अवसरमा विभिन्न राष्ट्रिय स्तरका ५ जना व्यक्तिलाई सम्मान गरेको छ । जसमा गीतकार/रचनाकार कृष्णहरि बराल, कलाकार मिथिला शर्मा, वरिष्ठ पत्रकार किशोर नेपाल, नृत्याङ्गना बन्दना नेपाल, समाजसेवी सीताराम मेहतालाई सम्मान गरेको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राष्ट्रिय सभाकी उपाध्यक्ष दाहालले विद्यार्थीहरुको सुन्दर भविष्य कोर्दै आएको निब्सको अझ प्रगतिको कामना व्यक्त गरेकी थिइन् ।


उक्त अवसरमा विद्यार्थीहरुको ट्यालेन्सी र कल्चरल भेषभुसाको आधारमा मास्टर निब्स र मिस निब्सको आयोजना गरिएको थियो । मास्टर निब्सको उपाधि साहस लामा र मिस निब्सको उपाधि आस्था काफ्लेले जितेकी छिन् । जसलाई ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले निब्सका फाउण्डर, प्रिन्सिपल डि.एन. महत्तोसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार