साम्तेनको ‘एसईई विदाई कार्यक्रम’ सम्पन्न (भिडियो)

बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले ‘एसईई विदाई तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेको छ ।


चैत्र ६ गते कक्षा ९ का विद्यार्थीहरुले विदाई तथा उत्प्रेरणा कार्यक्रमको संयाजन गर्दै ‘एसईई विदाई तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेका हुन ।


नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जनको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा स्याटका अध्यक्ष विजय खरेल, स्याटका उपाध्यक्ष एवं पिक प्वाइन्ट एकेडेमीका प्रिन्सिपल विनय श्रेष्ठ, स्याटका कोषाध्यक्ष निलम भट्टराई, नवपुर चिल्ड्रेन होमका प्रिन्सिपल इश्वर केसी, विद्यालय व्यबस्थापन टिम, विद्यार्थी, शिक्षक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


साम्तेनमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गायकी प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।


यस्तै कार्यक्रम अवधिभर विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रिन्सिपल शक्ति राज नेपालले कार्यक्रमको औचित्य प्रस्तुत गर्दै एसईईमा विद्यार्थीहरुको उत्कृष्ट नतिजा आउनेमा आफु विश्वस्त रहेको बताएका थिए ।


कार्यक्रममा बोल्दै स्याटका अध्यक्ष खरेलले आफ्नो उत्प्रेरणा मन्तब्य राख्दै एसईईमा सहभागि हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।


यस्तै स्याटका उपाध्यक्ष श्रेष्ठले आफ्नो उत्प्रेरणा मन्तब्य राख्दै एसईईको शुभकामना व्यक्त गरेका थिए ।


प्रमुख अतिथि एवं नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष योञ्जनले एसईईमा सहभागि हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतीको कामना व्यक्त गरेका थिए ।


कार्यक्रमका सभापती एवं साम्तेनका अध्यक्ष निम्तो शेर्पाले सम्पुर्णमा धन्यवाद दिँदै विद्यार्थीहरुलाई ढुक्क भएर एसईई परिक्षामा सहभागी हुन अनुरोध गरेका थिए ।


कार्यक्रममा एसईईमा सहभागि हुने विद्यार्थीहरुलाई खादा, मायाको चिनो प्रदान गरिएको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका प्रिन्सिपल शक्तिराज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

‘एसईई विदाई तथा उत्प्रेरणा कार्यक्रम’ को थप तस्विरः

प्रतिक्रिया

सम्बन्धित समाचार