बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

नव ज्ञानभुमीले गर्यो ‘एसईई बिदाई कार्यक्रम’ (भिडियो)

काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमी बोर्डिङ्ग हाई स्कुलले ‘एसईई बिदाई तथा शुभकामना कार्यक्रम’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


फागुन २४ गते गोल्फुटारमा रहेको केएफसीको हलमा एक कार्यक्रमको आयोजना गर्दै एसईई बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।


बुढानिलकण्ठ माध्यमिक सामुदायिक विद्यालयका प्राचार्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा विद्यालय व्यबस्थापन टिम, प्रिन्सिपल प्रदिप कट्टेल, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं बुढानिलकण्ठ माध्यमिक सामुदायिक विद्यालयका प्राचार्य कार्कीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचाकिर उद्घाटन गरेका थिए ।


उक्त कार्यक्रममा नव ज्ञानभुमीका विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन समेत प्रस्तुत गरेका थिए ।


एसईईमा सहभागि हुने विद्यार्थी तथा अभिभावकहरुलाई केन्द्रबिन्दुमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा प्रशंसा–पत्र प्रदान गर्दै विद्यार्थीलाई एसईईको शुभकामना तथा बिदाई गरिएको थियो ।


कार्यक्रममा एसईईमा सहभागि हुने मध्यबाट २ जना विद्यार्थीलाई ‘मिस एण्ड मास्टर नव ज्ञानभुमी’ बनाइएको थियो । जसलाई ट्रफी प्रदान गरि सम्मान गरिएको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले नव ज्ञानभुमी बोर्डिङ्ग हाई स्कुलका फाउण्डर, प्रिन्सिपल प्रदिप कट्टेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

हेर्नुहोस् थप तस्विरः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार