बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

स्किम्स पब्लिकको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न (फोटोफिचर)

४ चैत्र, काठमाडौँ ।


ADVERTISEMENT

चक्रपथ, महाराजगञ्जमा रहेको स्किम्स पब्लिक स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।


चैत्र २ गते स्कुलको प्रांगणमा विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।


काठमाडौँ महानगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष दीपक केसीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा शिक्षा मन्त्रालय शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख नन्दलाल पौडेल, शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँ परीक्षा शाखा प्रमुख फणिन्द्र तिमल्सिना, सामुदायिक विद्यालय प्रसाशन प्रमुख शेषकान्त पौडेल, विनी सुदर्शन रिजाल, श्रोतव्यक्ति कृष्ण बहादुर लुइटेल, बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी, प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष मुरारी प्रकास सञ्जेल, प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष खेमराज घिमिरे, स्कुल व्यबस्थापन टिम, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडाअध्यक्ष केसीको हातबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।


विद्यार्थीको तर्फबाट बोल्दै कक्षा १० की छात्रा रक्षा कार्कीले आफ्नो मन्तब्य मार्फत स्किम्स पब्लिक स्कुलको औचित्य बारे प्रकाश पारेकी थिइन् ।


कार्यक्रममा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीहरुले विभिन्न राइम्स प्रस्तुत गरेका थिए ।


यस्तै स्किम्समा अध्ययनरत अन्य विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक प्रस्तुत गरेका थिए ।


हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि ध्रुबे) को प्रहसनबाट अभिभवाकहरु पेट मिचिमिचि हासेका थिए ।


यस्तै वर्षभरी विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई उक्त अवसरमा पुरस्कृत समेत गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रिन्सिपल आर.पी. खतिवडाले उपस्थित सम्पुर्णलाई धन्यवाद दिँदै आगामी दिनहरुमा अझ परिस्कृत हुदै समय सापेक्षा शिक्षा दिन स्किम्स प्रतिवद्ध रहेको बताएका थिए ।


लेन्सः बद्रि थापा/ktmkhabar.com

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार