आइतवार, भदौ १, २०७६ | Sunday 18th August 2019

पिक प्वाइन्टको ‘१६औँ वार्षिकोत्सव तथा सानो संसार भाग–५’ कार्यक्रम सम्पन्न (भिडियो)

२ चैत्र, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले ‘१६औँ वार्षिकोत्सव तथा सानो संसार भाग–५’ कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


फागनु २५ गते शनिबार स्कुलकै प्रांगणमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गर्दै ‘१६औँ वार्षिकोत्सव तथा सानो संसार भाग–५’ सम्पन्न भएको हो ।


प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, विभन्न स्कुलका प्रिन्सिपल, स्कुल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कक्षा ५ सम्मका विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेर आयोजना गरिएको उक्त ‘सानो संसार भाग–५’ मा विद्यार्थीहरुले विभन्न गीतमा नृत्य, संगित, गायन, स्काउट प्रदर्शन गरेका थिए ।


यस्तै वर्षभरी विभिन्न विधामा उत्कृष्ट रहेका कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उक्त अवसरमा पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले पिक प्वाइन्ट एकेडेमीका भाईस–प्रिन्सिपल महेश केसीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार