प्याब्सन अध्यक्षमा टीकाराम पुरी

२९ फागुन, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १४औँ महाधिवेशन बुधबार (आज) काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त महाधिवेशनबाट टीकाराम पुरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गर्दै महाधिवेशन सम्पन्न भएको हो ।


नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलबाट पुरी आगामी दुई वर्षका लागि अध्यक्षमा सर्वसहमत चयन भएका हुन ।
यस्तै विधान संसोधन गर्दै उक्त अधिवेशनले निवर्तमान बरिष्ठ उपाध्यक्ष डिके ढुगांनालाई सह–अध्यक्षमा सर्वसहमत चयन गरेको छ ।


वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षहरुमा ईश्वर बहादुर गुरुङ, डीआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरतबाबु कँडेल निर्वाचित भएका छन् ।
महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आर.बी. कट्वाल र किशोर गौतम निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा सन्तोषमणी न्यौपाने र सचिवहरुमा मधु लोहनी, शिव कार्की, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल ऐर, मदनकुमार आचार्य, राजेशकुमार दास निर्वाचित भएका छन् । त्यस्तै सह-कोषाध्यक्षमा मीनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का, गणेशबाबु पोखरेल निर्वाचित भएका छन् ।
भूगोल अन्तर्गतका उपाध्यक्षहरुमा प्रदेश १ बाट उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ५ बाट विष्णु पन्थी, कर्णाली प्रदेशबाट वामदेव कँडेल र सुदुरपश्चिम प्रदेशबाट जगवीर थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार