सोमवार, असार २, २०७६ | Monday 17th June 2019

‘आठौँ नेशनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराँते प्रतियोगिता’ सुरु (भिडियो)

काठमाडौ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोकमा रहेको नेशनल युनाइटेड स्कुलले ‘आठौँ नेशनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराँते प्रतियोगिता २०७५’ शुक्रबारदेखि सुरु गरेको छ ।


शुक्रबार स्कुलको प्रांगणमा उद्घाटन कार्यक्रम गर्दै ‘आठौँ नेशनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७५’ सुरु गरिएको हो ।


बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा संयोजक संस्था आइ.के.जी.ए.का पदाधिकारी, विभिन्न स्कुलका प्रिन्सिपल लगायत तेक्वादोसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेशनल युनाइटेड स्कुलका विद्यार्थीहरुले आफ्नो सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।


२ दिनसम्म चल्ने उक्त प्रतियोगिताबाट विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकास गर्न टेवा पुग्ने नेशनल युनाइटेड स्कुलका संस्थापक डाइरेक्टर तथा आई.के.जी.ए. का उपाध्यक्ष जेबी हमालले बताउनु भयो ।


प्रतियोगितामा उपत्यकाका ३० वटा विद्यालयका डोजो खेलाडीहरुको सहभागिता रहेको छ ।

१९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । यस्तै प्रथम, द्वितीय र तृतीय हुने टिमलाई ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट पुरुष र महिला खेलाडिले समेत ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ के.जी. तथा खुल्ला एवं महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० के.जी.का खेलाडीहरुको सहभागित रहेको छ ।

सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले आइ.के.जिए. का उपाध्यक्ष अच्युतराज उप्रेतीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

‘आठौँ नेशनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराँते प्रतियोगिता’ को उद्घाटन कार्यक्रमका थप तस्विरहरुः

प्रतिक्रिया

सम्बन्धित समाचार