बिहिबार, असार ५, २०७६ | Thursday 20th June 2019

सांस्कृतिक प्रस्तुतिका लागि भ्याली पब्लिक र त्रिसहिदका ४० विद्यार्थी बेलायत जादै

२३ फागुन, काठमाडौं ।
नेपाल र बेलायतविच मौलिक कला संस्कृति आदान प्रदान गर्ने उदेश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत जाने भएका छन् ।

हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङजामा रहेको त्रिसहिद माध्यमिक विद्यालय र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत जाने भएका हुन् ।
बिहीवार सम्वाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले आगामी चैत्र १५ गते बेलायत प्रस्थान गर्ने जानकारी दिए ।

स्याङजाकै पुरानो विद्यालय त्रिसहिद माध्यमिक विद्यालयका २० जना विद्यार्थी र भ्याली पब्लिक स्कुलका २० जना विद्यार्थी एवं संगीत प्रशिक्षक, नृत्य प्रशिक्षक र विषय शिक्षक गरी ५३ जनाको टोली बेलायत जान लागेको हो । उनीहरु जम्मा २१ दिन बेलायतमा रहनेछन् । उनीहरु त्यहाँका विभिन्न १४ स्कुलमा जाने कार्यक्रम तय भएको उनले पत्रकारसामु बताए । नेपाली विद्यार्थी र बेलायती विद्यार्थीहरुले आ आफ्नो कला र संस्कृतिलाई गीत नृत्य मार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बेलायतको लण्डनबाट लगभग ३०० किलोमिटरको दुरीमा रहेको योर्कशायर सहरमा यो कार्यक्रम हुन लागेको हो । नेपाल जस्तो कम विकशित मुलुकका विद्यार्थीहरु बेलायतजस्तो आधुनिक र विकशित देशमा गएर आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको अधिकारीले बताए । त्यहाँ उनीहरुको एक अर्कामा अन्तरसंवाद हुनेछ । यसको लागत प्रायः सबै बेलायती संस्थाले ब्यहोर्ने उनले जानकारी गराए । आजको विश्वब्यापीकरणको युगमा एक देशको कला र सस्ंकृति अर्को देशमा सहजै आदान प्रदान गर्न सकिने भए पनि आफैं प्रत्यक्ष गएर अवलोकन गर्दा उनीहरुको लागि ठुलो उपलब्धि हुने उनको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार