आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

विट्समा ‘खेलकुद सप्ताह’ (भिडियो)

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ६, बौद्ध भुवाल डाडामा रहेको विट्स एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने ‘खेलकुर सप्ताह’ सुरु गरेको छ ।


ADVERTISEMENT


फागुन २३ गते सोमबार उद्घाटन कार्यक्रम गर्दै यस वर्षको ‘खेलकुद सप्ताह’ सुरु गरेको हो ।


काठमाडौँ क्षेत्र नम्वर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, स्कुल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य तथा मार्च पासद्धारा सम्पुर्णलाई स्वागत गरेका थिए ।


स्वागत मन्तव्य राख्दै विट्सका संस्थापन प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले खेलकुद सप्ताह सभ्य, भब्य रुपमा सम्पन्न हुने अपेक्षा व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा बोल्दै प्याब्सन काठमडौँका अध्यक्ष श्रेष्ठले खेलकुद सप्ताहमा सहभागि हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै शारीरिक विकासमा मात्र नभई मानसिक विकासका लागि पनि खेलकुद आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य राईले साताव्यापी रुपमा हुने खेलकुद सप्ताहको सफलताका लागि शुभकामना व्यक्त गर्दै यि र यस्ता खेलकुदका गतिविधिहरु स्कुल स्तरमा आवश्यक रहेको बताउनु भयो ।


विट्स खेलकुद सप्ताह अंकित बेलुन उडाएर खेलकुद सप्ताहको औपचारिक सुरु गरिएको थियो ।


कार्यक्रमकी सभापति एवं काठमाडौँ महानगरपालिकाकी नगरपरिषद सदस्य, विद्यालय व्यबस्थापन समितिकी अध्यक्ष लक्ष्मी श्रेष्ठले उपस्थिति सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिवृद्धिका लागि विट्स सधै प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।


विजयी विद्यार्थीहरुलाई फागुन २३ गते पुरस्कार वितरण कार्यक्रम गर्दै ट्रफी, मेडलद्धारा पुरस्कृत गरिनेछ ।


सोही कार्यक्रममका केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले विट्स एकेडेमीका संस्थापक प्राचार्य ज्ञान बहादुर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

विट्सको ‘खेलकुद सप्ताह’ को उद्घान कार्यक्रम थप तस्विरमाः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार