आइतवार, भदौ १, २०७६ | Sunday 18th August 2019

‘जिसाका सिनियर छात्रा फुटबल कप’ मा पिस प्वाइन्टको ह्याट्रिक

काठमाडौँ ।
ग्रुप अफ इन्स्टिच्युसनल स्कुल्स फर एडिसनल को–करिकुलर एक्टिभिटिज (जिसाका) ले आयोजना गरेको ‘जिसाका सिनियर छात्रा फुटबल कप’ मा मध्यबानेश्वर, कात्यानी चोकमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलले ह्याट्रिक गरेको छ ।


शुक्रबार भिमसेनगोला ओरालोमा रहेको किङ कङ ग्राउण्डमा भएको फाइनल खेलमा एजिएम स्कुललाई ०–१ गोल अन्तरले पछि पार्दै पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलले ‘जिसाका सिनियर छात्रा फुटबल कप’ को उपाधि पाएको छ । उक्त उपाधिसंगै पिस प्वाइन्टले लगतार ३ वर्ष ‘जिसाका सिनियर छात्रा फुटबल कप’ को उपाधि जित्दै उपाधिमा ह्याट्रिक गर्न सफल भएको पिस प्वाइन्टका कोच पुकार थापाले बताए ।


ADVERTISEMENT


पाच दिनसम्म चलेको उक्त जिसाका कपमा उत्कृष्ठ प्रदर्शन गर्दै पिस प्वाइन्टकी छात्रा सुस्मिता गौतम उत्कृष्ठ गोलकिपर भएकी छिन् ।
विजयी टिम तथा विद्यार्थीलाई शुक्रबार नै समापन कार्यक्रमका विच ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष अमृत खड्का, जिसाकाका अध्यक्ष श्याम योञ्जन, सचिव सम्झना लामा, पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलकी भाईस–प्रिन्सिपल कल्पना न्यौपाने लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार