शुक्रबार, कार्तिक २९, २०७६ | Friday 15th November 2019

प्राक्सिसको ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न (भिडियो)

१९ फागुन, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले आफ्नो ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


शनिबार स्कूलकै प्रांगणमा मिस एण्ड मिस्टर प्राक्सिको फाइनल, इन्ट्रा स्कूल डान्सको फाइनल, विशिष्ट व्यत्तित्व सम्मान, शिक्षक सम्मान, उत्कृष्ठ विद्यार्थीहरुको सम्मान गर्दै ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ को सम्पन्न गरिएको थियो ।


पूर्व सस्कृती, पर्यटन नागरिक तथा उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यता गरिएको उक्त कार्यक्रममा पूर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यय, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली र काठमाडौँ महानगरपालिका वडा न ७ का वडाअध्यक्ष शुद्ध कुमार डंगोल लगायत विभिन्न स्कूलका प्रिन्सिपल, सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


स्वागत नृत्य प्रस्तुत गर्दै प्राक्सिसमा अध्ययनरत विद्यार्थीहरुले सम्पुर्णलाई स्वागत गरेका थिए ।


कार्यक्रममा विभिन्न क्षेत्रबाट आफ्नो योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


जसमा प्रविधि अभियन्ता तथा राष्ट्रिय आविष्कार तथा अनुसन्धान केन्द्रका सस्थापक डा. महावीर पुनलाई ‘प्राक्सिस प्रविधि अभियन्ता सम्मान–२०७५’ बाट सम्मान गरिएको थियो ।


विश्व साइकल यात्री पुस्कर शाहलाई ‘प्राक्सिस साहसिक ब्यक्तित्व सम्मान–२०७५’, नेपाली चलचित्रका चर्चित नायक रमेश उप्रेतीलाई ‘प्राक्सिस दिर्घ कलाकार सम्मान–२०७५’, वरिष्ठ नृत्य निर्देशक महेश गोदारलाई ‘प्राक्सिस उत्कृष्ठ नृत्य निर्देशक सम्मान–२०७५’, केटिएम खबरका अध्यक्ष एवं युवा पत्रकार सेर बहादुर कार्की (श्याम) लाई ‘प्राक्सिस शिक्षा पत्रकार सम्मान–२०७५’, पत्रकार शिवशक्ती आचार्यलाई ‘प्राक्सिस युवा पत्रकार सम्मान–२०७५’, पत्रकार शोभराज बराललाई ‘प्राक्सिस सकारात्मक पत्रकारिता सम्मान–२०७५’, चर्चित उत्प्रेरक वक्ता रविन कटुवाललाई ‘प्राक्सिस युवा मोटिभेसनल स्पिकर सम्मान–२०७५’ र नारायण प्रसाद पौडेललाई ‘प्राक्सिस सामाजिक अभियन्ता सम्मान–२०७५’ द्वारा सम्मान गरिएको थियो ।


बिहान ११ बजेदेखी बेलुका ७ बजेसम्म चलेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, नाटक, योगा, मार्सल आर्ट (कराते), राइम्समा प्रस्तुति दिएका थिए ।


गायक रुपक डोटेल, लोक गायक राजेन्द्र लामा, हास्य कलाकार राजेन्द्र गिरी (गुन्दुके) र स्माइल ब्याण्डले विशेष प्रस्तुती दिएका थिए । जसबाट कार्यक्रमको थप रौनता थपिएको थियो ।


कार्यक्रममा ‘मिस्टर एन्ड मिस प्राक्सिस’को ग्रान्ड फिनाले गरिएको थियो । जसमा अर्चना मोक्तानले मिस प्राक्सिसको ताज पहिरिन् भने मंगलक्ष्मी राई र प्रतिष्ठा कटुवाल क्रमश फस्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका छन् ।


‘मिस्टर प्राक्सिस’को उपाधि मुकेश पाण्डे जितेका छन् भने दिपेश श्रेष्ठ फस्ट रनर अप भएका छन् । ‘मिस एण्ड मिस्टर प्राक्सिस’लाई सोनितराज ढुंगेलले इभेन्ट म्यानेजरको भुमिका निर्वाह गरेका थिए ।


यस्तै शनिबार नै आयोजना गरिएको इन्ट्रा स्कुल डान्सको ग्रान्ड फिनालेबाट अनुशा तिमल्सिना प्रथम, अनामिका श्रेष्ठ द्धितीय, इरुशा श्रेष्ठ तृतीय र डोल्मा शेर्पाले सान्त्वनाको उपाधि पाएकी छिन् । विजयी विद्यार्थीहरुलाई शनिवार नै ट्रफी प्रदान गरिएको थियो । उक्त नृत्य प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक महेश गोदार र अनिता श्रेष्ठले निर्णायक भुमिका निर्वाह गरेका थिए ।


उक्त अवसरमा वार्षिक रुपमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षकलाई समेत सम्मान गरिएको प्रिन्सिपल गेन्द्र लामाले बताउनु भयो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिस इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल गेन्द्र लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

 

 

 

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार