बिहिबार, साउन २, २०७६ | Thursday 18th July 2019

केभीएसलाई दोहोरो उपाधि (फोटोफिचर)

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले जिसाका स्पोर्ट्स मिटमा दोहोरो उपाधि जितेको छ ।


केभीएस सिनियर ब्वाइज कबड्डी र जुनियर ब्वाइज फुटबलमा च्याम्पियन बन्दै दोहोरो उपाधि जितेको हो ।


ADVERTISEMENT

ग्रुप अफ इन्स्टित्युसनल स्कुल फर एडिसनल को–क्युरिकलर एक्टिभिटिभ (जिसाका) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज कबड्डी फाइनलमा केभीएसले देश तिलकलाई ३८–३२ ले पराजित गर्यो ।

जुनियर ब्वाइज फुटबल उपाधि भिडन्तमा केभीएसले कोलम्बसलाई ३–१ गोलले हरायो । केभीएसका नवीन रोकाया, सुदीप शेर्पा र अविरल थापा मगरले गोल गरे । पिस प्वाइन्ट एकेडेमी, इमाडोलले तेश्रो स्थानमा चित्त बुझायो । कोलम्बसका विनय थापा उत्कृष्ट खेलाडी तथा केभीएसका निराजन भण्डारी उत्कृष्ट गोलरक्षक घोषित भए ।

सिनियर गल्र्स फुटबलमा पिस प्वाइन्ट स्कुल, बानेश्वर पहिलो भयो । फाइनलमा पिस प्वाइन्टले अभिषेक ज्ञान मन्दिर (एजीएम) लाई १–० गोलले पाखा लगायो । पिस प्वाइन्टकी एमी लामाले निर्णायक गोल गरिन् । एजीएमकी मिलि श्रेष्ठ उत्कृष्ट खेलाडी तथा पिस प्वाइन्टकी सुस्मिता गौतम उत्कृष्ट गोलरक्षक चुनिए ।

विजेतालाई कागेश्वरी मनोहरा एन प्याब्सन नगर कमिटीका अध्यक्ष अमृतकुमार खड्का, जिसाकाका अध्यक्ष श्याम योञ्जन, जिसाकाका सचिव सम्झना लामा, पिस व्वाइन्टकी भाइस प्रिन्सिपल कलपना न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने स्पोर्ट्स मिटको कबड्डीमा ५, जुनियर ब्वाइज फुटबलमा १३ र सिनियर गल्र्स फुटबलमा ६ टिम सहभागी थिए ।


दोहोरो उपाधि पापएसंगै के भी एसले आइतबार स्कुलको प्रांगणमा विजयी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार