शुक्रबार, कार्तिक २९, २०७६ | Friday 15th November 2019

प्राक्सिसको ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ भव्य हुने

१५ फागुन, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले आफ्नो ‘२०औं वार्षिकोत्सव तथा अभिभावक दिवस’ भव्यताका साथ आयोजना गर्ने भएको छ ।
फागुन १८ गते शनिबार स्कुलकै प्रांगणमा आयोजना गरिने उक्त ‘२०औं वार्षिकोत्सव तथा अभिभावक दिवस’ मा प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार तथा परराष्ट्रविद डा.राजन भट्टराईको प्रमुख आतिथ्यता रहने बताइएको छ ।
कार्यक्रममा एकेडेमीक अवार्ड अन्तर्गत २०७४ सालमा विभिन्न कक्षाबाट प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुको सम्मान एवं इसीए अवार्ड अन्तर्गत २०७५ साल बैशाखदेखि फागुन महिनासम्म आयोजना गरिएको विभिन्न क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत गरिनेछ ।
यस्तै एक्सिलेन्ट अवार्ड अन्तर्गत प्राक्सिस स्टुडेन्ट अफ द एअर, मोस्ट डिसिपिलेन, मोस्ट पङ्च्युअल एण्ड रेगुलर स्टुडेन्ट, मोस्ट निड एण्ड टाइडी स्टुडेन्ट, बेस्ट इङलिस स्पिकर, बेस्ट प्लेअर, मोस्ट हेल्पफुल एण्ड कोअपरेटिभ र बेस्ट डान्सर विधामा चयन भएका विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाण–पत्रद्वारा सम्मान गरिने प्रिन्सिपल गेन्द्र लामाले बताउनु भयो ।
प्राक्सिस इन्टरनेशनल एकेडेमीमा लामो समयदेखि अध्यापनरत उत्कृष्ट शिक्षक, लामो समयदेखि प्राक्सिसलाई सकारात्मक सुझाब तथा सहयोग गर्नु हुने अभिभावक, स्थानीय समाजसेवी, पत्रकार, शिक्षासेवी, प्रतिष्ठित राष्ट्रिय कलाकारलाई उक्त अवसरमा सम्मान गरिनेछ ।
प्राक्सिसका बिद्यार्थीहरुले राइम्स, नृत्य, गायन, नाटक, योगा डेमोस्ट्रेसन, मार्सल आट्र्स लगायत अन्य विभिन्न प्रस्तुतीहरु दिनेछन् ।
ख्याति प्राप्त राष्ट्रिय गायक तथा हास्यब्यंग्य कलाकारहरुको पनि बेजोड प्रस्तुती रहनेछ।
उक्त दिन मिस्टर एन्ड मिस प्राक्सिस र डान्सको पनि ग्रान्ड फिनाले हुने बताइएको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार