सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

हेलिकोप्टर दुर्घटनाप्रति देउवाद्वारा दुख व्यक्त

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् । ‘दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु’ देउवाले भनेका छन् ।


ADVERTISEMENT

सभापति देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेको नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको चित्रण गरेका छन् ।

देउवाले यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि बताएका छन् । ताप्लेजुङको पाथीभरा मन्दिरबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार