बुधबार, साउन ८, २०७६ | Wednesday 24th July 2019

साम्तेनको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले साताव्यापी रुपमा आयोजना गरेको ‘खेलकुद सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न गरेको छ ।


माघ २५ गते शुक्रबार स्कुलको प्रांगणमा विशेष समारोहको आयोजना गर्दै ‘खेलकुद सप्ताह’ सम्पन्न गरेको हो ।


ADVERTISEMENT

काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडा सदस्य , स्याटका अध्यक्ष विजय खरेल, विद्यालय टिम, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल प्रदान गरिएको थियो ।


उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए । जसबाट कार्यक्रमको थप रौनकता थपिएको थियो ।


विद्यार्थीहरुमा रहेको खेलकुद कलाको विकास गर्न साम्तेनले हरेक वर्ष खेलकुद सप्ताहको आयोजना गर्दै आएको छ । जसको निरन्तरता स्वरुप यस वर्ष पनि खेलकुद सप्ताह गरिएको प्रिन्सिपल शक्ति राज नेपालले बताउनु भयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष न्यौपानेले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै विद्यार्थीहरुको चौतर्फी विकासका लागि खेलकुद आवश्यक रहेको बताउनु भएको थियो ।


पुरस्कार वितरण कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म चलेको थियो ।

नेपाल गोजुरियो कराँते दो संघ शाखा कपनद्धारा काठमाडौँ जिल्ला खेलकुद समितिका अध्यक्ष ध्रुबराज न्यौपानेलाई कदर–पत्र प्रदान समेत गराईएको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका प्रिन्सिपल शक्ति राज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

साम्तेनको ‘खेलकुद सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम’ हेुर्नुहोस् थप तस्विरमाः

प्रतिक्रिया

सम्बन्धित समाचार