मङ्लबार, मंसिर ३, २०७६ | Tuesday 19th November 2019

घरमा दुई दिनसम्म रोएर बसें: नेइमार

जनवरीको अन्तिममा घाइते भएपछि ब्राजिलियन स्टार स्ट्राइकर नेइमार दुई दिनसम्म रोएर बसेको खुलासा भएको छ।

चोटका कारण पेरिस सेन्ट जर्मेन(पिएसजी)का नेइमार अप्रिलसम्म मैदानमा देखिनेछैनन्।


ADVERTISEMENT

गत वर्षको फेब्रुवरीमा लागेको चोट यस वर्ष  फेरि बल्झेको हो। यहि चोटले गर्दा उनले गएको विश्वकप खेल्नेमा ठूलो आशंका जन्माएको थियो।

नेइमारले आफूलाई लागेको पछिल्लो चोट ‘अलि बढि जटिल’ भएको जनाएका छन्।

‘यो पटकको समय मलाई कठिन भयो’, नेइमारले ब्राजिलियन टिभी ग्लोबोसँग भने, ‘म घरमा दुई दिनसम्म रोएर बसें।’

‘जब म पहिलोपटक घाइते भएको थिएँ, मैले आफूलाई अब अप्रेसन गर्नुपर्छ र जतिसक्दो चाँडो ठीक हुनुपर्छ भनेको थिएँ। म दु:खी भएको थिइन’, उनले थपे।

गत वर्ष नेइमार चोटको शल्यक्रियाका कारण तीन महिना मैदान बाहिर थिए। उनी विश्वकपमा मात्रै मैदानमा आए। उनले ब्राजिल क्वाटरफाइनलबाट फर्किनुअघि दुई गोल गरेका थिए।

पिएसजीले उनी अब १० साता मैदान बाहिर रहने पिएसजीले जनाइसकेको छ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार