बिहिबार, साउन २, २०७६ | Thursday 18th July 2019

‘दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता’को उपाधि क्याम्ब्रिज पब्लिकलाई

८ फागुन, काठमाडौँ ।
म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजना तथा रुद्रमती मार्ग, हाडिगाउँमा रहेको एडभान्स स्कुलको संयोजनमा ‘दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ ।


मंगलबार एडभान्स स्कुलको प्रांगणमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
मंगलबार भएको फाइनल खेलमा एड्भान्स स्कुललाई पछि पार्दै क्याम्ब्रिज पब्लिक हाई स्कुलले उपाधि पाएको छ । २५–२१, २३–२५ र २५–१३ को सेटमा क्याम्ब्रिजले एड्भान्सलाई पछि पारेको थियो ।


ADVERTISEMENT


यस्तै लाइसियम मोडल स्कुललाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउँदै जगत मन्दिर हाई स्कुल तेश्रो भएको छ ।


मंगलबार नै विजयी विद्यार्थी तथा टिमलाई नगद सहित ट्रफी, मेडल प्रदान गरिएको थियो ।
उक्त पुरस्कार वितरण कार्यक्रममा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, माफका अध्यक्ष राजन आचार्य, माफकी उपाध्यक्ष रीता राई दाहाल, एड्भान्स स्कुलका प्रिन्सिपल पुरुषोत्तम देवकोटा, ह्विज किड्स इन्टरनेशनल स्कुलका प्रिन्सिपल राजेश खरेल लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ दिनसम्म चलेको उक्त प्रतियोगितामा माफमा आवद्ध १३ विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार