आइतवार, मंसिर १, २०७६ | Sunday 17th November 2019

‘प्याब्सक अन्तरविद्यालय फुट्सल टुर्नामेन्ट’ हुँदै

७ फागुन, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँ (प्याब्सक) ले ‘प्याब्सक अन्तरविद्यालय फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।


प्याब्सकले वार्षिक रुपमा अन्तरविद्यालय फुट्सल टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि फागुन १२ र १३ गते चुच्चेपाटीमा रहेको लुम्बिनी फुट्सलमा अन्तरविद्यालय फुट्सल टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT


प्याब्सकमा आवद्ध रहेका विद्यालयहरुलाई फुट्सल टुर्नामेन्टमा सहभागि गराइने अध्यक्ष बाल कुमार गुरुङले बताउनु भयो ।
बिद्यार्थीहरुको मानसिक, सामाजिक, सम्बेगात्मक विकास, शारीरिक विकास र विद्यालयहरु विच भाइचाराको सम्बन्धको विकासको लागि पनि टुर्नामेन्ट आयोजना गर्न लागिएको महासचिव गेन्द्र लामाले बताउनु भयो ।
विजयी विद्यार्थी तथा टिमलाई नगद सहित ट्फी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार