सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

प्याब्सन प्रदेश ३ को अध्यक्षमा गुरुङ निर्वाचित

७ फागुन, काठमाडौँ ।
प्याब्सन प्रदेश ३ को अध्यक्षमा थकिन कुमार गुरुङ निर्वाचित भएका छन् । प्याब्सन प्रदेश ३ को दोश्रो अधिवेशनबाट गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । ग्रीनल्याण्ड स्कुलका संस्थापक प्रिन्सिपल तथा विगठित उपत्यका प्रदेशका अध्यक्षसमेत रहेका गुरुङसहित कार्यसमिति पदाधिकारी तथा सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा केशव लाल श्रेष्ठ तथा उपाध्यक्षहरुमा देशबन्धु अधिकारी, मिन प्रसाद काफ्ले, विजय निरौला, जीवन कला सुब्बा र निरु ढकाल सर्वसम्मत भएका छन् । यसैगरि सचिवमा राममणी सापकोटा तथा सहसचिवहरुमा ऋषिराम नेपाल, अनन्तराम ढकाल, गंगामान व्यञ्जनकार, नारायण भण्डारी र ऐश्वर्या विष्ट रहेका छन् ।
कार्यसमितिको कोषाध्यक्षमा भोजराज शाही, सह कोषाध्यक्षहरुमा श्रीकृष्ण श्रेष्ठ, हरिदास श्रेष्ठ र रामचन्द्र अर्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा दिपक महर्जन, शंकरप्रसाद भट्ट, संजीव राई, खेमलाल भूषाल, मणीराम वाग्ले, हर्कवीर लामा, मिना प्रधान, अमर श्रेष्ठ, पान बहादुर जीसी, जीवन पन्थी, अञ्जु भट्टराई, पशुपति देवकोटा तथा लक्ष्मी कडेल निर्वाचित भएका छन् ।
निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष गुरुङले प्रदेश भित्रका निजी विद्यालयहरुको समस्याहरुलाई समाधान गर्ने तथा शिक्षणलाई अनुसन्धानात्मक पद्धतिमा लान प्रयास गर्ने बताएका छन् ।
प्याब्सनको विधानमा भएको उपत्यका प्रदेश तथा प्रदेश ३ लाई गाभ्दै प्रदेश ३ को दाश्रो अधिवेशन गरिएको थियो । प्याब्सनको नगर तह, जिल्ला तह, प्रदेश तह तथा केन्द्रीय तह गरि ४ तहमा कार्यसमिति गठन हुने ब्यवस्था रहेको छ ।
प्रदेश ३ को निर्वाचन सँगै केन्द्रीय प्याब्सन कार्यसमिति बाहेकका सबै तहका निर्वाचन सम्पन्न भईसकेका छन् ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार