गुह्येश्वरीको ‘प्रि–स्कुल अभिभावक दिवस’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘प्रि–स्कुल अभिभावक दिवस’ सम्पन्न गरेको छ ।


माघ २७ गते आइतबार स्कुलको प्रांगणमा विशेष समारोह विच ‘प्रि–स्कुल अभिभावक दिवस’ सम्पन्न गरेको हो ।


कार्यक्रममा विद्यालय व्यबस्थापन टिम, शिक्षक, शिक्षिका, प्रि–प्राइमरी तहका अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
आफ्ना अभिभावकको उपस्थितिमा प्रि–प्राइमरी तहका विद्यार्थीहरुले कार्यक्रममा कनृत्य, गायन प्रस्तुत गरेका थिए ।


वार्षिक रुपमा विद्यार्थीहरुले सिकेका प्रतिभाहरुको उजागर गर्नका लागि पनि उक्त कार्यक्रम आयोजना गरिएको स्कुलका फाउण्डर, डाइरेक्टर डिआर लामिछानेले बताउनु भयो ।
कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म चलेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलका फाउण्डर, डाइरेक्टर डिआर लामिछाने, प्रिन्सिपल रविन गुरुङ, कलेज संयोजक राजेन्द्र राई, स्कुल संयोजक भिष्म खरेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार