बुधबार, असार ४, २०७६ | Wednesday 19th June 2019

‘जुगल ट्यालेन्ट हन्ट’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको जुगल इङिलस मिडियम स्कुलले सरस्वती पुजाको अवसरमा ‘जुगल ट्यालेन्ट हन्ट तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।


माघ २७ गते आइतबार स्कुलको प्रांगणमा विशेष समारोहका विच जुगल ‘ट्यालेन्ट हन्ट तथा सम्मान कार्यक्रम ’सम्पन्न गरेको हो ।


विहानी सत्रमा सरस्वतीको मुर्तिमा पुजा तथा सरस्वतीको बन्दना वाचन गरी सरस्वती पुजा मनाइएको थियो भने उक्त अवसरमा नयाँ नानी–बाबुहरुलाई अभिावकले स्कुलमा अक्षर आरम्भ गरि नयाँ भर्ना गराएका थिए । सो पश्चात ‘जुगल ट्यालेन्ट हन्ट तथा सम्मान कार्यक्रम’ सुरु गरिएको हो ।


प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेम राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नायिका सन्चिता लुइटेल, स्थानीय समाजसेवी तथा राजनीतिकर्मी, स्कुल व्यवस्थापन टिम, शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य तथा गायनलाई प्रस्तुत गरेका थिए ।
उक्त समारोहमा नायिक सन्चिता लुइटेललाई विशेष सम्मान गरिएको थियो भने जुगलका २ जना उत्कृष्ट शिक्षक, शिक्षिकालाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इङिलस मिडियम स्कुलकी भाईस–प्रिन्सिपल श्यामा पन्तसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

‘जुगल ट्यालेन्ट हन्ट’ हेर्नुहोस् थप तस्विरमाः

प्रतिक्रिया

सम्बन्धित समाचार