सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

साम्तेनको ‘किड्स मोडलिङ हन्ट सिजन–२’ सम्पन्न

४ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीको आयोजनामा ‘किड्स मोडलिङ हन्ट सिजन–२’ सम्पन्न भएको छ ।


माघ २७ गते आइतबार सरस्वती पुजाको दिन स्कुलको प्रांगणमा विद्यार्थीहरु विच प्रतियोगिता गर्दै किड्स मोडलिङ हन्ट सम्पन्न भएको हो ।


ADVERTISEMENT


मिस ग्रेड रितिका दाहालले उपाधि पाएकी छिन् । मिस्टर ग्रेडको उपाधि कक्षा एलकेजीका निश्चल राईले प्राप्त गरे ।
प्रतियोगितामा चर्चित मोडल तथा गायिका अर्पना श्रेष्ठको मुख्य निर्णायक भूमिका रहेको थियो ।


उक्त मिस ग्रेडतर्फ क्रमश कक्षा एलकेजीकी चादनी केसी र एलकेजीकी विद्या पुन मगर फस्ट रनर अप र सेकेन्ड रनर अप बने । मिस्टर ग्रेडतर्फ क्रमश प्रिन्स कार्की (यूकेजी) र सक्षम राई (कक्षा २) फस्ट रनर अप र सेकेन्ड रनर अप भए ।


साथै बेस्ट ड्रेसअप यान्सी राई, बेस्ट स्माइल ओसिन तामाङ, बेस्ट पस्र्नालिटी एन्जल रुम्बा, बेस्ट हेयर स्टाईल सुनिक्षा तामाङ, बेस्ट फोटोजेनिक फेस सुबोध धिताल, बेस्ट क्याट वाक साया तामाङ र मस्ट कन्फिडेन्टको उपाधि स्तुती खड्काले पाइन् । बेस्ट जोडी मोडेल फस्ट निश्चल राई र कोहीनुर राईको जोडी, सेकेन्ड जोडी मोडल अनुराज राई र अन्जना कार्कीको जोडी, पेमा सेर्पा र हिमेस भूजेलको जोडी तेश्रो मोडल जोडीका रुपमा विभूषित भए।


बुढानिलकण्ठ नगरपालिकाकी मेयर रमादेवी राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त ‘किड्स मोडलिङ हन्ट सिजन–२’ कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष राजु अधिकारी, नेसनल प्याब्सनका निवर्तमान केन्द्रिय सचिव एवं स्याटका सल्लाहकार प्रल्हाद दाहाल, डब्लु भ्यानका अध्यक्ष अक्कल तामाङ, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्री भट्टराई, वडा सदस्य भगवती निरौला, इश्वरा ओझा, लता पौडेल, एयस जोडी हास्य कलाकार, दिलिप केसी, स्थानिय व्यक्ति, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रिन्सिपल शक्ति राज नेपालले गत सालबाट सुरु गरिएको स्मार्ट म्यानेजमेन्ट एण्ड लिडरसिप सिस्टम अनुसारका कार्यक्रमहरु आयोजना गर्ने क्रममा यस किसिमको कार्यक्रमको आयोजना गरिएको र यस्ता कार्यक्रमले स–साना नानी–बाबुहरुको रुची निर्माण गर्नुका साथै व्यक्तित्व निर्माणका हरेक आयामको विकास गर्ने कुरा बताएका थिए। अब यस खालका कार्यक्रमहरुलाई विद्यालय बाहिर पनि आयोजना गरि किड्स मोडलिङ हन्टलाई सबै नानी–बाबुहरुको रोजाईको कार्यक्रम बनाउने प्रिन्सिपल नेपालले प्रण गरे । अभिभावकहरुले ताली बजाई उक्त कुराको समर्थन गरेका थिए।


वडाअध्यक्ष राजु अधिकारीले यस किसिमका कार्यक्रमलाई वडाले पनि आयोजना गरि केटा–केटीको व्यक्तित्व विकास गर्ने कुरा बताएका थिए । विद्यार्थी लक्षित कार्यक्रम गर्ने विद्यालयलाई स्थानीय तहले कुनै पनि रुपमा प्रोत्साहन गर्ने उनले बताए ।
प्रमुख अतिथि रमा राईले २१औँ शताब्दी अनुरुपको शिक्षा दिन साम्तेनको लगाव, व्यवस्थापन, नेतृत्व र टिम वर्कको प्रशंसा गरेकी थिइन् ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार