सरस्वती पुजाको अवसरमा भिमेश्वरमा ‘पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम’ (भिडियो)

२ फागुन, काठमडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारीमा रहेको भिमेश्वर एकेडेमीले सरस्वती पुजाको अवसरमा ‘पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम’ सम्पन्न गरेको छ ।


माघ २७ गते आइतबार खेलकुदमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत एवं विभिन्न कक्षाका विद्यार्थीहरु विच साँस्कृतिक नृत्य प्रतियोगिता गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।


बिहानी सत्र अन्तर्गत विद्याकी देवी सरस्वती मातालाई विशेष पुजा, प्रथना तथा सरस्वतीको बन्दना वाचन र नयाँ नानी–बाबुहरुलाई अक्षर आरम्भ गरिएको थियो । सो पश्चात बिहान ११ बजेदेखी पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो ।


कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिंखडा पुडासैनीको प्रमुख आतिथ्यतामा गरिएको उक्त साँस्कृतिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का वडाअध्यक्ष कुन्दन खड्का, विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्की, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष छत्र बहादुर कार्की, विद्यालयका प्रिन्सिपल अमृत खड्का, प्रहरी निरीक्षक सुधिर राई, फिजमका संरक्षक जय कुमार राई, विद्यालयका अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा भिमेश्वरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कक्षाको प्रतिनिधित्व गर्दै आफ्नो नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यबाट विजयी विद्यार्थीहरुलाई सोही दिन ट्रफीद्धारा सम्मान गरिएको थियो ।
साँस्कृतिक नृत्य प्रतियोगिताको निर्णायक टिममा महेश हाडा, अभय डंगोल र पदम अनुराग रहेका थिए ।
कार्यक्रम बेलुका ४ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले भिमेश्वर एकेडेमीका फाउण्डर, प्रिन्सिपल अमृत खड्कासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार