सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

नेशनल युनाइटेडको ‘वार्षिक खेलकुद महोत्सव’ आजबाट सुरु (भिडियो)

१६ माघ, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेशनल युनाइटेड स्कुलको ‘वार्षिक खेलकुद महोत्सव’ बुधबार (आज) बाट सुरु भएको छ ।

#शिक्षा,
स्कुलको प्रांगणमा उद्घाटन कार्यक्रम गर्दै आजबाट ‘वार्षिक खेलकुद महोत्सव’ सुरु गरिएको हो ।


ADVERTISEMENT


उद्घाटन कार्यक्रममा नेशनल युनाइटेड स्कुलका विद्यालय व्यबस्थापन सममितिका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका सल्लाहकार डा. रमेश प्रसाद सापकोटा, नेशनल युनाइटेड स्कुलका संस्थापक निर्देशक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल लगायत स्कुल टिमको उपस्थिति रहेको थियो ।


कार्यक्रममा शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो ।


उद्घाट कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले मार्च पासद्धारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।


३ दिनसम्म चल्ने उक्त खेलकुद महोत्सवमा फुटसल, बास्केटबल, ब्याडमिन्टन, कराँते, चेस लगायत विभिन्न ३४ खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।


विद्यालय व्यबस्थापन सममितिका अध्यक्ष दाहाल र स्कुलका संस्थापक निर्देशक हमालले खेलकुद महोत्सवका अफिसरलाई बास्केटबल हस्तान्तरण गर्दै ‘वार्षिक खेलकुद महोत्सव’ को औपचारिक सुरु गरिएको थियो ।


कार्यक्रममा बोल्दै विद्यालय व्यबस्थापन सममितिका अध्यक्ष दाहालले विद्यार्थीको जीवनलाई थप सार्थकता थप्नका लागि नेशनल युनाइटेड स्कुलले विद्यार्थीमैत्री गतिविधिहरुलाई जोड दिँदै आएको बताउनु भएको थियो । खेलकुद महोत्सवबाट विद्यार्थीहरुको खेल क्षमताको पहिचान हुने र त्यसबाट शारीरिक तथा मानसिक विकासमा जोड पुग्ने दाहालले बताउनु भयो ।


सोही खेलकुद महोत्सवमा केन्द्रित हुदै केटिएम खबरको लागि श्याम कार्कीले नेशनल युनाइटेड स्कुलका सेकेण्डरी लेभल इन्चार्ज सरोज शर्मासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार