सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

नेशनल युनाइटेड स्कुलको ‘अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी कार्यक्रम’ सम्पन्न (भिडियो)

२ फागुन, काठमाण्डौ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेशनल युनाइटेड स्कुलले ‘अभिभावक दिवस एवं विज्ञान प्रदर्शनी कार्यक्रम’ सम्पन्न गरेको छ ।


माघ २६ गते शनिबार स्कुलको प्रांगणमा विशेष समारोहको आयोजना गर्दै अभिभावक दिवस एवं विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


प्याब्सन काठमाडौँका अध्यक्ष हरीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा गणेश स्कुलका प्राचार्य मिमकाजी श्रेष्ठ, नेशनल युनाइटेडका विद्यालय सञ्चालक समितिका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक निर्देशक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल एवं स्कुल परिवार, अभिभावक, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेशनल युनाइटेडमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत एवं विज्ञान प्रदर्शनी गरेका थिए ।


बिहान ११ बजेदेखी दिउसो ४ बजेसम्म चलेको उक्त कार्यक्रममा नेशनल युनाइटेड स्कुलका विद्यार्थीहरुले फालिएका कुहिने बस्तुलाई कसरी सदुपयोग गर्न सकिन्छ ? भन्ने विषयमा विज्ञान प्रदर्शनी, रोबटिक्स, ह्याण्ड क्राफ्ट लगायका स्टल राखेर प्रदर्शनी गरेका थिए ।


उक्त प्रदर्शनीलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सन काठमाडौँका अध्यक्ष श्रेष्ठ, कार्यक्रमका अतिथि, अभिभावक लगायतले अवलोकन गरेका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले नेशनल युनाइटेड स्कुलका संयोजक राजेश कट्टेलसंगल स्थलगत सम्वादमा कुराकानी गरेका छन् । प्रस्तुत छ साही कुराकानीको सम्पादित भिडियो अंशः

नेशनल युनाइटेड स्कुलको ‘अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी’ कार्यक्रमको थप तस्विरहरुः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार