आइतवार, मंसिर १, २०७६ | Sunday 17th November 2019

हिमालयको १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न (भिडियो)

२ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ३, बुढानिलकण्ठमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलले १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


माघ २६ गते शुक्रबार विशेष समारोहका विच वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बुढानिलण्ठ नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिकाका शिक्षा अधिकृत नवराज नेपाल, बुढानिलकण्ठ माध्यमिक विद्यालयका प्राचार्य दिपक कार्की, गणेश स्कुलका प्राचार्य मिमकाजी श्रेष्ठ, नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष नारायण तिम्सिना, प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका उपाध्यक्ष राधेश्याम श्रेष्ठ, प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका सदस्य एवं ज्ञान चक्षु इंग्लिस हाई स्कुलका प्रिन्सिपल प्रदिप खनाल, निब्सका प्रिन्सिपल डिएन महत्तो, मञ्जरी सेकेण्डरी स्कुलका प्रिन्सिपल टिका गौतम, जेएस पौडेल, समिर बास्तोला, विद्यालय टिम, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं मेयर खरेलले पानसमा दिप प्रज्वलन तथा सरस्वतिको मुर्तिमा पुजा गरि कार्यक्रमलाई औपचारिक उद्घाटन गरेका थिए ।


बिहान ११ देखि सुरु भएको उक्त कार्यक्रममा हिमालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य र गायनबाट आफ्ना अभिभावक तथा सम्पुर्णलाई स्वागत गरेका थिए ।


विद्यालयका प्रिन्सिपल खेलराज घिमिरेले आफ्नो स्वागत मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई धन्यवाद एवं स्वागत व्यक्त गर्दै विद्यालयले गरेका गतिविधि तथा आगामी योजना बारे थप प्रकाश पारेका थिए ।


कार्यक्रममा विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


यस्तै स्कुलसंग सहयोगी भुमिका निर्वाह गर्ने अभिभावकहरुलाई समेत उक्त अवसरमा पुरस्कृत गरिएको थियो ।


हिमालयमा १० वर्षभन्दा बढि सेवा गरिरहेका शिक्षक तथा कर्मचारीलाई दिर्घ सेवा अवार्ड अन्तर्गत सम्मान गरिएको थियो । शिक्षक पुस्कर बस्नेत, चतुरानन्द माझि, काजोल श्रेष्ठ, विमल अधिकारी, सेक्युरिटी गार्ड सुर्य माझि र ड्राइभर पदम बहादुर खड्कालाई सम्मान गरिएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले कल्चरल शो, फेसन शो, कल्चरल डान्स, अर्केष्टा आदिमा आफ्नो प्रस्तुति दिएका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्रिन्सिपल खेमराज घिमिरेसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार