प्याब्सन काठमाडौँको अध्यक्षमा पुनः हरीकृष्ण श्रेष्ठ

२९ माघ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) काठमाडौँको १४औँ जिल्ला अधिवेशनबाट पुनः विद्या व्यायाम इङिलस हाई स्कुलका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन् ।


सोमबार प्याब्सन काठमाडौँको कार्यालय गोेंगबुमा भएको १४औँ जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सर्वसहमत गर्दै जिल्ला अध्यक्षमा श्रेष्ठ सहित सम्पुर्ण पदाधिकारीलाई दोहोर्याइएको हो ।


प्याब्सन काठमाडौँको अध्यक्षमा हरीकृष्ण श्रेष्ठ सहित बरिष्ठ उपाध्यक्षमा रामबहादुर केसी निर्विरोध चयन भएका छन् । यस्तै उपाध्यक्षमा गोपाल भण्डारी, प्रेमकुमार राई, रीता राई (दाहाल), सचिवमा प्रल्लादप्रसाद खनाल, कोषाध्यक्षमा नवराज भट्ट, सहसचिवमा लोकेन्द्रबहादुर खड्का, सुर्यबहादुर भण्डारी, अशोक दाहाल, प्रेमा राई, सहकोषाध्यक्षमा आर. वी. भण्डारी, लेखा संयोजकमा सुर्यबहादुर केसी, सदस्यहरु विवेक विनयी, जे.बी. हमाल, विष्णु प्रसाद अर्याल, शिव अर्याल लगाय सबैको निर्विरोध चयन भएका छन् ।


औपचारिक घोषणा भने माघ ४ गते ए वान पार्टी प्यालेसमा गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार