शुक्रबार, कार्तिक २९, २०७६ | Friday 15th November 2019

तीन राजदूतले सपथ लिए

२५ माघ, काठमाडौं ।
विभिन्न तीन देश तथा नियोगका लागि नियुक्त भएका राजदूतले आज सपथ लिएका छन् ।

इजरायलका लागि नेपालको राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् ।


ADVERTISEMENT

सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु समेत थिए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार